हेटौंडाः मकवानपुर जिल्लामा आज ५८ जना कोरोना सङ्क्रमित थपिएका छन् । बुधबार सङ्कलित स्वाब नमूनाको परीक्षण गर्दा बुधबार राती नै नतीजा प्राप्त भए पनि हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले बिहीबार बिहान मात्रै नतीजा सार्वजनिक गरेको हो ।

बिहीबार बिहान प्रकाशित नतीजा अनुसार मनहरी गाउँपालिकाका ४ जना र हेटौंडा उपमहानगरपालिकाका ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरको ११ नम्बर वडाका मात्रै १५ जना, वडा नम्बर २ का ९ जना र वडा नम्बर ४ का ८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।