सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडा–१२ घरेडीडाँडाका २९ वर्षीय कान्छालाल मगर केही वर्षदेखि मानसिक रुपमा अस्वस्थ थिए । परिवारका सदस्यले उपचार गराउँदा गराउँदै पनि कान्छालालको स्वास्थ्यस्थितिमा सुधार भएको थिएन । गएको बिहीबार राती २ बजेको समयमा परिवारका सदस्यले रोक्न खोज्दा खोज्दै पनि भागेर सम्पर्कविहिन भएका कान्छालाल बुधबार साँझ मृत भेटिएका छन् ।

घरदेखि करिब ५ सय मिटर टाढा जंगलमा कान्छालालको शव भेटिएको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन गुमेका कान्छालाल घरबाट भाग्ने क्रममा घर नजिककैको जंगलमा लडेर मृत्यु भएको र करिब एक सातापछि शव गन्हाउन थालेपछि थाहा पाएको प्रहरीको भनाइ छ ।