हेटौंडाः हेटौंडामा दशैं लक्षित सञ्चालनमा आएको सहुलियत पसलबाट २ दिनमा ५७ किलो नुन बिक्रिभएको छ । आइतबारदेखि साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडा शाखाले सञ्चालन गरेको सहुलियत पसलमा सोमबारसम्म ५७ किलो नुन बिक्रि भएको साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडाका प्रमुख शैलेश पाण्डेले बताउनुभयो ।
सहुलियत पसलमा नुन मात्रै बिक्रिका लागि राखिँदा उपभोक्ताको आकर्षण देखिएको छैन । सहुलियत पसलमा १८ रुपैयाँ प्रतिकिलो नुन बिक्रि भइरहेको छ । यसवर्ष चिनी र नुन मात्रै विक्रि गर्ने भनिएपनि हाललाई नुन मात्र सहुलियत पसलमा उपलब्ध भएको प्रमुख पाण्डेको भनाइ छ ।