सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडा–भीमफेदी–काठमाडौं छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिका–६, सिमखोलामा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मृतकको सनाखत हुन सकेको छैन ।

दुर्घटनाग्रस्त सुमो र उद्दारमा खटिएका व्यक्तिहरु । तस्वीरः दीपक सिंह रुम्बाको फेसबुकबाट ।

प्रहरीका अनुसार मृतक दुबैजना पुरुष हुन् । दुर्घटनामा परी घाइते भएका ६ जनाको उद्दार गरी प्राथमिक स्वास्थ्य चौकी भीमफेदी पठाइएको मकवानपुर प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।
दिउँसो करिब साढे १२ बजेको समयमा सुमो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको टाटा सुमो उकालोमा टर्निङ नपुगेर व्याक गर्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरी प्रवक्ता रानाले बताउनुभएको छ ।