सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्कमा एक युवकको शव फेला परेका छ ।

अन्दाजी २५ वर्षका एक पुरूष मृत अवस्थामा फेला परेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ । शवको मुचुल्का उठाउने काम भइरहेको प्रवक्ता ईन्द्र बहादुर रानाले बताउनु भएको छ ।