युवा भेलामा सहभागीहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडामा शनिबार बिहान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा संगठनको भेला भएको छ । सन्दिप थापाको अध्यक्षतामा ३१ सदस्यीय युवा सङ्गठन पुनर्गठन भएको राप्रपा हेटौंडा उपमहानगरपालिका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताउनुभयो । युवा सङ्गठनको भेलामा बोल्नुहुँदै राप्रपा मकवानपुरका अध्यक्ष तथा केन्द्रीय सदस्य मधु अधिकारीले नेपाली कांग्रेस र नेकपा देश चालाउन असफल भएको बताउनुभयो ।

भष्ट्राचार, लुटतन्त्रबाट देशलाई जोगाउन राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै एक्लो विकल्प रहेको उहाँले बताउनुभयो । उहाँले अब राप्रपा परिणाममुखी कार्यक्रमका साथ सङ्गठन निर्माणमा जुटेको भन्दै युवा संगठनको भूमिका सशक्त हुनुपर्ने बताउनुभयोे । उहाँले अब युवाहरुले देशको निर्माण गर्नुपर्ने भन्दै आ–आफ्नो क्षेत्रबाट युवाहरु जागरुक हुनुपर्ने बताउनुभयो । भेलामा एक दर्जन व्यक्ति राप्रपामा पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई राप्रपा मकवानपुरको केन्द्रीय सदस्य मधु अधिकारीले टिका तथा खादा लगाएर पार्टीमा प्रवेश गराउनुभएको हो ।

युवा भेलामा मुरारी पौडेलको सभाध्यक्षतामा भएको भेलामा युवा संगठन केन्द्रिय उपाध्यक्ष दामोदर वाग्ले, राप्रपा हेटौंडा उपमहानगर समितिका अध्यक्ष गुरुप्रसाद सापकोटा, युवा संगठन जिल्ला अध्यक्ष शुक्रराज प्रजा, महिला संगठन अध्यक्ष बालकुमारी डल्लाकोटी, वडा अध्यक्ष मिठु बहादुर कार्की, युवा संगठन नगर अध्यक्ष भृगु कार्की लगायतको उपस्थिती रहेको थियो ।