हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको अनुगमन टोलीले आज बागमती गाउँपालिकाको अनुगमन गर्दैछ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालसहित उपप्रमुख भगवती पूडासैनी, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, जिसस सदस्यहरु सीता अधिकारी, देवराज रिमाल लगायत शाखा अधिकृत भीमलाल महर्जनको टोली आज अनुगमनमा निस्किएको हो ।
जिससको अनुगमन टोली चालु वर्षको पहिलो त्रैमासिक अनुगमनमा आजबाट निस्किएको हो । बागमती गाउँपालिकाको चालु वर्षको योजना सम्झौता, उपभोक्ता समिति गठन, कोभिड–१९ को अवस्था, जिससको मौज्दात कोषबाट सञ्चालित योजनाहरुको अनुगमन गर्न जिससको टोली मकवापनुरको पूर्वीक्षेत्र बागमती गाउँपालिकामा पुगेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।