सांकेतिक चित्रः गुगल ।


हेटौंडाः हेटौंडा–११ थानाभर्‍याङस्थित बालगृहमा डेढ वर्षेदेखि बस्दै आएका एक बालकको गएराति मृत्यु भएको छ । ज्यान मार्ने उद्योगमा संखुवासभा जिल्ला खाँदबारी–११ घर भएका १८ वर्षीय पुन्टे भनिने ईन्द्रजित राईको गएराति हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनुभयो ।

बालगृहमा रहेका पुन्टेको केहीदिनदेखि शरीर सुन्निने, खाना खान मन नलाग्ने, बमोट गर्ने जस्ता लक्षणहरु देखिएको बालगृहका प्रकाश सुवेदीले बताउनुभयो । अहिले हेटौंडाको बालगृहमा ३४ जना बालबालिकाहरु छन् । उनीहरुमध्ये ७ जनामा भने सोही प्रकृतिका लक्षणहरु देखिएको बालगृहका प्रकाश सुवेदीले बताउनुभयो । बालगृहमा रहेको बालकको मृत्यु भएपछि अन्य सोही प्रकृतिका लक्षण देखिएको बालकहरुलाई भक्तपुरको बाल सुधार गृहमा रिफर गरेर पठाउने बारे छलफल भइरहेको छ ।