हेटौंडाः मकवानपुरको भीमफेदी–१ सुन्दरीमाईमा आज बिहान भएको ट्रक दुर्घटनामा परी सामान्य घाइते भएका ३ जना हेटौंडा अस्पतालको उपचारपछि डिस्चार्ज भएका छन् ।

आज बिहान ४ बजे विरगञ्जबाट लोड भएर काठमाडौं जादै गरेको ना ७ ख ४२५२ नम्बरको ट्रकको स्टेयरिङ फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी ट्रकका चालक, सहचालक र एक जना ट्रकमा सवार व्यक्ति सामान्य घाइते भएको र अहिले उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।