बजाजको एबीएस एभेन्जर सार्वजनिक गर्नुहुँदै बज्राचार्य परिवारकी ज्येष्ठ सदस्य पौषमाया बज्राचार्य ।

हेटौंडाः भारतीय कम्पनि बजाजले ल्याएको नयाँ मोडेलको एबीएस एभेन्जर मोटरसाइकल नेपालमा आइपुगेको छ । आज देशव्यापी रुपमा एबीएस एभेन्जर सार्वजनिक गरिएको छ । देशव्यापी सार्वजनिकीकरणको क्रममा हेटौंडामा पनि होराइजन अटो प्रालिले एबीएस एभेन्जरको नयाँ मोडल सार्वजनिक गरेको होराइजन अटो प्रालिका सञ्चालक लालकाजी रत्न बज्राचार्यले जानकारी दिनुभयो ।

कोभिड–१९ को जोखिमका कारण आन्तरिक रुपमा र परिवारका ज्येष्ठ सदस्य आमा पौषमाया बज्राचार्यले एबीएस एभेन्जर सार्वजनिक गर्नुभएको हो । १६० सीसीको एबीएस एभेन्जर मोटरसाइकलको एबीएस प्रविधिले दुर्घटनाको जोखिमलाई कम गर्ने होराइजन अटो प्रालिका सञ्चालक लालकाजी रत्न बज्राचार्यले दावी गर्नुभएको छ । एबीएस एभेन्जर सार्वजनिक भएकै दिन आज दुईवटा बुक समेत भइसकेको उहाँले बताउनुभएको छ ।