हेटौंडाः विवेकशील नेपाली दलको मकवानपुर जिल्ला तदर्थ समिति गठन भएको छ । बिहीबार भर्चुअल माध्यमबाट जिल्ला भेलाको आयोजना गरेर विवेकशीलले सुमन आचार्यको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ ।
जिल्लाका ३५ जना प्रतिनिधिको सहभागितामा चयन गरिएको तदर्थ समितिको सदस्यमा अनुपा कुँवर, जुनु लामा दोङ, पुजा जोशी, शिरिषा ढकाल, गोपाल घिमिरे, विष्णु केसी, रविभक्त ढकाल र अमोद भण्डारी चयन भएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । तदर्थ समितिको अध्यक्ष चयन हुनुभएका आचार्यले एक वर्षभित्र जिल्ला अधिवेशन गरिने जानकारी दिनुभयो ।