Home मुख्य समाचार मुख्यमन्त्री डोरमणी पौडेलद्धारा “टन्सिलले बिगारेको मुटु” पुस्तक बिमोचन

मुख्यमन्त्री डोरमणी पौडेलद्धारा “टन्सिलले बिगारेको मुटु” पुस्तक बिमोचन


हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले “टन्सिलले बिगारेको मुटु” नामक पुस्तक आज बिमोचन गर्नुभएको छ । उहाँले एक कार्यक्रमका बिच पुस्तक बिमोचन गर्नुहुँदै यो पुस्तक फलदायी र उपलब्धीमुलक रहेको बताउनुभयो ।

स्वास्थ्य सम्बन्धी स–सना कुरामा ध्यान दिन नसक्दा भविष्यमा जटिल समस्या आइपर्ने गरेको उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्रमा समस्या, कमिकमजोरी भएपनि बागमती प्रदेशको राजधानी हेटौंडा भइसकेपछि हरेक किसिमको सेवाको लागि बाहिर जान नपरोस् भन्ने ढंङ्गले स्वास्थ्य क्षेत्रमा अहिले काम भइरहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

बागमती प्रदेशको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको उहाँको भनाई छ । त्यस्तै “टन्सिलले बिगारेको मुटु” पुस्तकका लेखक डा. प्रकाश राज रेग्मीले टन्सिलको कारणले मुटु बिग्रन्छ भन्ने सन्देश पुस्तकले दिएको बताउनुभयो । यसबाट बच्च सकिने कुरा पुस्तकमा उल्लेख गरिएको बताउनुभयो । मुटु रोग रोकथामको काम सरकारले अझै प्रभावकारी रुपले गर्नुपर्ने उहाँले बताउनुभयो । लेखक रेग्मीले मुटु रोग रोकथामको उपचार गार्‍हो भएकोले सरकारले यसलाई आफ्नो नितिमा राख्न पनि अनुरोध गर्नुभएको छ ।

नेपाल मुटुरोग निबारण संस्थाले प्रकाशन गरेको उक्त पुस्तक आज मुख्यमन्त्री पौडेलले बिमोचन गर्नुभएको हो । पुस्तक बिमोचन कार्यक्रममा बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशी, नेपाल मुटुरोग निबारण संस्था मकवानपुरका अध्यक्ष हरिबंश भेटवाल, लेखक डा. प्रकाश राज रेग्मीको उपस्थिति थियो ।

Exit mobile version