Home मुख्य समाचार विद्यार्थीद्वारा हेटौंडा उपमहानगरको शिक्षा महाशाखामा १ घण्टा घेराउ

विद्यार्थीद्वारा हेटौंडा उपमहानगरको शिक्षा महाशाखामा १ घण्टा घेराउ

हेटौंडाः मकवानपुरका दुई विद्यार्थी संगठनहरुले दबावमूलक संघर्षका कार्यक्रमहरु सुरु गरेका छन् । आज हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखा १ घण्टा घेराउ गरेर संघर्षका कार्यक्रम सुरु गरिएको अनेरास्ववियू मकवानपुरका संयोजक किसन घिसिङले बताउनुभयो ।

नेपाल विद्यार्थी (नेवि) संघ मकवानपुर र अनेरास्ववियूले अनलाइन कक्षाको शुल्क समान गर्नुपर्ने भन्र्दै स्थानीय तहको ध्यानाकर्षण गराउँदा पनि विद्यालयहरुले बेवास्ता गर्दै मनलाग्दी शूल्क असुुलेको भन्दै त्यसको विरोधमा आजबाट संघर्षका कार्यक्रम गर्नुपरेको नेवि संघ मकवानपुरका सभापति राजु खतिवडाले बताउनुभो ।

यस्तै भोलि असोज १६ गते हेटौंडा उपमहानगरपालिकाको मूल गेटमा कालोपट्टी बाँधेर बिहान ११ बजेदेखि १२ बजेसम्म भौतिक दूरी कायम गरेर धर्ना दिने, दिउँसो १ बजे जिल्ला शिक्षा समन्वय इकाई, हेटौंडा उपमहानगरपालिका, राष्ट्रिय परीक्षा बोर्ड र प्याव्सन मकवानपुरलाई लिखित जानकारी गराउँदै असोज १८ गतेबाट सम्पूर्ण शैक्षिक संस्थाको लेखा शाखामा ताला लगाउने विषयमा जानकारी गराउने कार्यक्रमहरु तय भएको उहाँले बताउनुभयो ।

Exit mobile version