हेटौंडाः मकवानपुरका युवा नेता सन्तोष चौलागाईलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईलाई कोरोना संक्रमण पुष्टि भएको गोरक्षेश्वर आइसोलेसनका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताउनुभयो ।

असोज ११ गते स्वाब सङ्कलन गरी परीक्षण गरिएको चौलागाईलाई बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सत्तारुढ दल नेकपा सम्वद्ध युवा संघ नेपालका मकवानपुर जिल्ला संयोजक समेत रहनुभएका चौलागाईले चिकित्सकको सल्लाहअनुसार आफू ५ गतेदेखि नै आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको छ ।