हेटौंडाः बागमती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा सोमबारदेखि मनोचिकित्सा सेवा सुरु भएको छ । मनोचिकित्सकको रुपमा कार्य गर्न डा. योजना शाक्य हेटौंडा अस्पतलामा हाजिर हुनुभएको हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले जानकारी दिनुभएको छ ।
यस्तै हेटौंडा अस्पतालमा एलिना कर्ण प्याथोलोजिष्ट पनि थपिनुभएको उहाँले जानकारी दिनुभयो । नेपाल सरकारको छात्रवृत्तिमा पढेका उनीहरुलाई २ वर्षसम्म करार गरेर पठाएको उहाँले जानकारी दिनुभयो । मकवानपुर जिल्लामा मनोचिकित्सकको रुपमा निजी अस्पतालहरुमा महिनामा एक वा दुई दिन चितवन, काठमाडौंबाट मनोचिकित्सक आएर सेवा दिने गरेका छन् । हेटौंडा अस्पतालमा भने अब सहजै सेवा लिन पाउने अस्पताल प्रमुख डा. श्रेष्ठको भनाइ छ । हेटौंडा अस्पतालमा पहिलोपटक मनोचिकित्सको रुपमा डा. योजना शाक्य आउनुभएको डा. श्रेष्ठले बताउनुभयो ।