हेटौंडाः कान्तिलोकपथअन्तर्गत हेटौंडा–चौघडा सडकखण्डको न्यूरेनीमा रोकिराखेको ट्रिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । हेटौंडाबाट चौघडा बजारतर्फ जाँदै गरेको ना १५ प ५१७० नम्बरको मोटरसाइकल ना ६ ख ६७५३ नम्बरको ट्रिपरमा ठोक्किएको प्रहरी चौकी चौघडाले जानकारी दिएको छ ।

मंगलबार दिउँसो सवा १ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक र मोटरसाइकलमा सवार दुबैजना घाइतेलाई प्रहरी र स्थानीयले उद्दार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ । दुर्घटनामा बकैया–५ का २१ वर्षीय जयन्त घलान र ३१ वर्षीय ईन्द्रबहादुर थिङ घाइते भएका छन् । मोटरसाइकल घलानले चलाएका थिए ।