हेटौंडाः नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङलाई नियुक्त गर्न माग गर्दै हेटौंडाका युवाले आज बिहान मोटरसाइकल र्याली निकालेका छन् ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2020/09/120510238_661822674767154_7469781563477540983_n-1024x576.jpg)
हेटौंडा–४ र १० नम्बर वडाको कर्रा क्षेत्रका युवाको एक समूहले कुलमान घिसिङको फोटोसहितको टिसर्ट लगाएर उज्यालो नेपालका अगुवा कुलमान घिसिङलाई पुनः नेतृत्वको जिम्मेवारी दिन र्याली निकालेका हुन् । कर्राबाट सुरु भएको मोटरसाइकल र्यालीले हेटौंडा बजार परिक्रमा गरी कर्राचोकमै पुगेर अन्त्य गरिएको थियो । कुलमानको समर्थनमा युवाले कर्राचोकमा फ्लेक्स पनि राखेका छन् ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2020/09/120529860_362429018132263_7908314508527939257_n-768x1024.jpg)