हेटौंडाः आइतबार मनहरी गाउँपालिका वडा नम्बर ८ को कालढुंगामा अड्किएको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ । शव कैलाश गाउँपालिका वडा नम्बर ७ कोत्राङकी कान्छी माया चेपाङको रहेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार शव भेटिएपछि पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । आइतबार नै घरबाट हराएको परिवारका सदस्यले जानकारी दिएको प्रहरीले बताएको छ । प्रहरीको अनुसन्धान अनुसार कैलाशबाट मनहरी खोलाले बगाएर मनहरी ल्याइपुर्याएको जानकारी दिइएको छ । सोमबार बिहान हेटौंडा अस्पतालमा पोष्टमार्टमपछि कान्छी मायाको शव परिवारले बुझेका छन् ।