हेटौंडाः बागमती प्रदेश सभा सदस्य एवम् नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
असोज ५ गतेदेखि काठमाडौंमै रहनुभएकी सिग्देलले आइतबार बिहान ललितपुरस्थित निजी प्रयोगशालामा स्वाब परीक्षण गराउनुभएको थियो । सोमबार बिहान प्राप्त रिपोर्टअनुसार कोरोना संक्रमण पुष्टि भई काठमाडौंस्थित निवासमै आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सिग्देलले बताउनुभएको छ । सिग्देलले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना भाइरस संक्रमण पुष्टि भई घरमै आइसोलेसनमा रहेको जनाउनुभएको छ ।