हेटौंडाः हेटौंडा–काठमाडौं छोटो बाटो फाखेल तर्फबाट खुलेको छ ।
आज विहान ईन्द्रसरोवर गाउँपालिका–२ को देउरालीको पहिरो हटाएपछि बुधबारदेखि बन्द रहेको हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै फाखेल तर्फबाट काठमाडौं जाने बाटो खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । ईन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी नजिक भालटारमा गएको पहिरो भने हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।