हेटौंडाः मकवानपुरमा आज २८ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले सार्वजनिक गरेको विवरणमा मकवानपुरका १० जना सहित मकवानपुरमै बसोबास गर्दै आएका जिल्ला बाहिरका १७ जनामा पनि कोरोना पुष्टि भएको जनाइएको छ ।
आज हेटौंडा उपमहानगरपालिकाका ६ जना, भीमफेदी गाउँपालिकाका १ जना र मनहरी गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो । ६ जना महिला सहित आज २२ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो । यस्तै आज ४१ जना कोरोना सङ्क्रमितहरुको पुनः परीक्षण गर्दा कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ ।