सांकेतिक चित्रः गुगल ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित सामरी खोलाले बगाउँदा दम्पत्तिको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–६ का ज्ञानबहादुर परियार र उहाँकी श्रीमति तुलसा मकवानपुरगढी गाउँपालिका–३ तर्फ जान सामरी खोला तर्ने क्रममा आज बिहान १० बजे खोलाले बगाउँदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरी नायव निरीक्षक कृष्ण केसीले जानकारी दिनुभएको छ ।

खोलाले बगाएर करिब ६० मिटर तल पुर्‍याएको प्रहरी नायव निरीक्षक केसीले जानकारी दिनुभएको छ । जिल्ला प्रहरीको मुचुल्का टोली घटनास्थलतर्फ जाँदै गरेको उहाँले बताउनुभयो । शुक्रबार र शनिबार मात्रै जिल्लाको हेटौंडा–१९, कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिकामा पनि खोलाले बगाउँदा तीनजनाको ज्यान गएको थियो ।