सांकेतिक चित्रः गुगल ।

हेटौंडाः मकवानपुरको हेटौंडा–९, चौधघरे घर भएका एक जना वृद्धको मृत्यु भएको छ । गएराति उपचारको क्रममा चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उहाँको मृत्यु भएको हो । श्वासप्रश्वास र निमोनिया तथा प्रेसर समेत रहेका ७४ वर्षीय पुरुषको मृत्यु भएकोे हेटौंडा–९ का वडाअध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले बताउनुभयो ।

आज भरतपुर प्रशासनलाई जिम्मा लगाएर शब व्यवस्थापन भएको उहाँले बताउनुभयो । वडाअध्यक्ष भण्डारीका अनुसार ८ दिनअगाडि उहाँलाई भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । भरतपुरमा कोरोना पुष्टि भएपछि सघन उपचार कक्षमा उपचार गराइरहेको अवस्थामा मृत्यु भएको उहाँले बताउनुभयो ।