हेटौंडाः बागमती प्रदेश सरकारले सञ्चालन गर्दै आएको विद्यालय नर्स कार्यक्रम चालु आर्थिक वर्ष २०७७/७८ मा पनि जारी रहने भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेशका प्रत्येक स्थानीय तहमा दुईवटा विद्यालयलाई विद्यालय नर्स कार्यक्रमका लागि छनोट गरेको छ । मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गर्दै विद्यालय नर्स कार्यक्रमका लागि छनोट भएका बागमती प्रदेशका ११९ स्थानीय तहका २३८ विद्यालयको सूचि सार्वजनिक गरेको छ ।

मंगलबार मन्त्रीस्तरीय निर्णयबाट मकवानपुरका १० स्थानीय तहका २० विद्यालय छानिएका छन् । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको बत्सलादेवी मावि र महाचुनी मावि, कैलाश गाउँपालिकाको भवानी मावि र धुवाङ मावि, थाहा नगरपालिकाको बागेश्वरी मावि र बज्रबाराही मावि, बागमती गाउँपालिकाको बागमती मावि र देवकी मावि, भीमफेदी गाउँपालिकाको राष्ट्रिय मावि र महालक्ष्मी मावि, मकवानपुरगढी गाउँपालिकाको भानु मावि र बंशगोपाल मावि, मनहरी गाउँपालिकाको पशुपतिनाथ मावि र राष्ट्रिय मावि, राक्सिराङ गाउँपालिकाको कालिका मावि खैराङ र कालिका मावि राक्सिराङ, बकैया गाउँपालिकाको बुद्ध मावि र कान्ति मावि, हेटौंडा उपमहानगरपालिकाको बालज्योति मावि र जनप्रिय मावि विद्यालय नर्स कार्यक्रमका लागि छनोट भएको छ ।