हेटौंडाः आज राति प्राप्त रिपोर्ट अनुसार मकवानपुर जिल्लाका २ गाउँपालिकाका थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज राति मकवानपुरका मनहरी गाउँपालिका वडा नम्बर ७ का २ जना महिला, वडा नम्बर ८ का ४ महिला र ४ पुरुषगरी ८ जना, मकवानपुरगढी–३ का २ महिलामा कोरोना पुष्टि भएको हो ।

यस्तै आजै बिहान प्राप्त रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिकाका १३ जना र रौतहट घर भई हेटौंडा बस्ने १ जनामा कोरोना पुष्टि भएको थियो । यस्तै आज साँझ प्राप्त रिपोर्टअनुसार ४ जना कोरोना सङ्क्रमितहरुको पुनः परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखा हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताउनुभयो ।