Home मुख्य समाचार विद्यालय नर्स कार्यक्रमका लागि बागमती प्रदेशका २३८ विद्यालय छानिए

विद्यालय नर्स कार्यक्रमका लागि बागमती प्रदेशका २३८ विद्यालय छानिए

हेटौंडाः बागमती प्रदेश सरकारले सञ्चालन गर्दै आएको विद्यालय नर्स कार्यक्रम चालु आर्थिक वर्ष २०७७/७८ मा पनि जारी रहने भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेशका प्रत्येक स्थानीय तहमा दुईवटा विद्यालयलाई विद्यालय नर्स कार्यक्रमका लागि छनोट गरेको छ । मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गर्दै विद्यालय नर्स कार्यक्रमका लागि छनोट भएका बागमती प्रदेशका ११९ स्थानीय तहका २३८ विद्यालयको सूचि सार्वजनिक गरेको छ ।

मंगलबार मन्त्रीस्तरीय निर्णयबाट मकवानपुरका १० स्थानीय तहका २० विद्यालय छानिएका छन् । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको बत्सलादेवी मावि र महाचुनी मावि, कैलाश गाउँपालिकाको भवानी मावि र धुवाङ मावि, थाहा नगरपालिकाको बागेश्वरी मावि र बज्रबाराही मावि, बागमती गाउँपालिकाको बागमती मावि र देवकी मावि, भीमफेदी गाउँपालिकाको राष्ट्रिय मावि र महालक्ष्मी मावि, मकवानपुरगढी गाउँपालिकाको भानु मावि र बंशगोपाल मावि, मनहरी गाउँपालिकाको पशुपतिनाथ मावि र राष्ट्रिय मावि, राक्सिराङ गाउँपालिकाको कालिका मावि खैराङ र कालिका मावि राक्सिराङ, बकैया गाउँपालिकाको बुद्ध मावि र कान्ति मावि, हेटौंडा उपमहानगरपालिकाको बालज्योति मावि र जनप्रिय मावि विद्यालय नर्स कार्यक्रमका लागि छनोट भएको छ ।

Exit mobile version