हेटौंडाः सामाजिक सेवाका कार्य गर्ने गरी मनहरीमा लायन्स तथा लियो क्लब गठन गरिएको छ । लायन्स इन्टरनेशनलमा आवद्ध हुने गरी सरोज मैनालीको अध्यक्षतामा लायन्स क्लब अफ सूर्योदय मनहरी तथा धन बर्तौलाको अध्यक्षतामा लियो क्लब अफ सूर्योदय मनहरी गठन गरिएको छ । लायन्स क्लब २१ सदस्यीय रहेको छ भने लियो क्लब १५ सदस्यीय गठन गरिएको सल्लाहकार गोविन्द बर्तौलाले जानकारी दिनुभएको छ ।
लायन्स क्लबको प्रथम उपाध्यक्षमा कृष्णचन्द्र पुरी, द्वितीय उपाध्यक्षमा कल्याण राना मगर, तृतीय उपाध्यक्षमा किरण सुवेदी, सचिवमा सिताराम अधिकारी, सहसचिवमा सुनिल लामा, कोषाध्यक्षमा विश्व कुँवर चयन भएका छन् । यस्तै लियो क्लबको प्रथम उपाध्यक्षमा सुमित पुरी, द्वितीय उपाध्यक्षमा ओनिष अधिकारी, सचिवमा धर्मराज बर्तौला र कोषाध्यक्षमा दीपेश ढकाल चयन भएका छन् ।
मनहरीमा सामाजिक सेवाका क्षेत्रमा युवालाई सहभागी गराउने उद्देश्यले क्लब गठन गरिएको सल्लाहकार बर्तौलाले बताउनुभयो । लायन्स क्लब अफ हेटौंडा सूर्योदयको समन्वयमा मनहरीमा लायन्स तथा लियो क्लब गठन भएको हो ।