हेटौंडाः हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट आज १ सय ४८ जनाको स्वाबको नमूना सङ्कलन गरिएकोे छ । ४१ जना कोरोना सङ्क्रमितहरुको पुनः परीक्षण लागि स्वाब सङ्कलन गरिएको छ भने १ सय ७ जना नयाँ व्यक्तिको स्वाबको नमूना सङ्कलन गरिएको कर्रास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाई बताउनुभयो ।
त्यस्तै मकवानपुरको मनहरी गाउँपालिकाबाट आज नयाँ २० जनाको स्वाबको नमूना सङ्कलन गरेर परीक्षणको लागि हेटौंडा–१०, स्थित प्रादेशिक कोरोना प्रयोगशालामा पठाइएको मनहरी गाउँपालिकाका सिनियर अहेब ज्योतिराज लुइटेलले जानकारी दिनुभयो ।