हेटौंडाः बागमती प्रदेश सरकारले निर्माण गरेको ३ सय ५५ वटा घरहरु आज हस्तान्तरण गरिएको छ ।

मुसहर समुदायका लागि सिन्धुलीको दुधौली नगरपालिकाको विभिन्न वडामा निर्माण गरिएका घरहरु बागमती प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेलले हस्तान्तरण गर्नु भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताउनुभयो ।