हेटौंडाः आज बिहान पहिरो खसेर अवरुद्ध बनेको त्रिभुवन राजपथ एकतर्फी खुलेको छ । भीमफेदी गाउँपालिका–१ कुलेखानी तेस्रो आयोजना नजिकै पहिरोका कारण सडक अवरुद्ध बनेको थियो ।

पहिरोका कारण अवरुद्ध सडक आज बिहान करिब ११ बजेको समयमा सुचारु भएको हो । पहिरोका कारण सयौं सवारी साधन रोकिएका थिए । पहिरो हटाएसँगै क्रमशः सवारी आउजाउ सहज भएको छ ।
तस्वीरहरु: इरोज लामा ।