हेटौंडाः हेटौंडा-४ कर्रास्थित आइसोलेसनबाट आज १ सय २८ जनाको स्वाब सङ्कलन गरिएको छ । आज सङ्कलन गरिएकोमा १ सय १२ जना कोरोना संक्रमितहरुको सम्पर्कमा आएकाको पहिचान गरि कोरोना परिक्षणको लागि नया स्वाब सङ्कलन गरिएको हो, भने १६ जना उपचारतत रहेकाहरुको पुनः परिक्षणको लागि स्वाब संकलन गरिएको आइसोलेसनका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो ।

पुनः परिक्षणको लागि पठाइएको १६ जना होमआइसोलेसनमा उपचाररत रहेका छन् ।नया सङ्कलन गरिएको १ सय १२ जनामा ५८ जना महिला र ५४ जना पुरुषको स्वाब नमुना सङ्कलन गरिएको जनस्वास्थ्य निरिक्षक चौलागाईले बताउनुभयो ।

त्यस्तै पुनः परिक्षणको लागि पठाइएको १६ जनामा ६ जना महिला र १० जना पुरुष रहेका छन् । आज हेटौंडाका सहित बकैया, कैलाश, बागमती, गढी र इन्द्रसरोवर गाउपालिकाका कोरोना सङ्क्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान (कन्ट्रयाक ट्रेसिङ) गरी स्वाब सङ्कलन गरिएको हो ।