हेटौंडाः हेटौंडा–४, कर्रास्थित आइसोलेसनबाट आज १ सय ५ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ ।
उनीहरुमध्ये ९० जना कोरोना सङ्क्रतिमको सम्पर्कमा आएकाहरुको पहिचान गरि नयाँ स्वाबको नमुना सङ्कलन गरीएको हो भने १५ जना उपचाररत कोरोना सङ्क्रतिमहरुको पुनः परिक्षणको लागि स्वाब सङ्कलन गरिएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताउनुभयो ।
स्वाब सङ्कलन गरेर हेटौंडा—१० स्थित प्रादेशिक कोरोना प्रयोगशालामा परीक्षण गर्न पठाइएको चौलागाईले जानकारी दिनुभयो ।
आज पुनः परिक्षणको लागि पठाइएको १५ जनामध्ये १ जना गौरिटार आइसोलेसनमा बसेका थिए भने १४ जना होम आइसोलेसनमा बसेकाहरुको स्वाबको नमूना सङ्कलन गरिएको हो ।