हेटौंडाः आज सेप्टेम्बर १० अर्थात विश्व आत्महत्या रोकथाम दिवस । आत्महत्या व्यक्तिले आफैंमाथि गर्ने एउटा गम्भीर अपराध हो । आत्महत्याको विविध कारणहरु छन् । समाजअनुसार नै आत्महत्याका फरक फरक कारणहरु छन् । पछिल्लो समय कोरोना भाइरस रोकथामका लागि सरकारले आव्हान गरेको लकडाउन र जारी निषेधाज्ञाको समयमा आत्महत्याका घटना बढ्दो क्रममा रहेको छ ।

मकवानपुरमा पनि आत्महत्याका घटना बढ्दो क्रममा छ । गत एक आर्थिक वर्षमा मात्रै मकवापनुर जिल्लामा १ सय ४५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले जिल्लामा लागूपदार्थ सेवन, डिप्रेसन, प्रेमका कारणबाट धेरै जनाले आत्महत्या गरेको तथ्य पाइएको छ । आत्महत्या रोकथाम गर्न उहाँले आफ्नो समस्या परिवारको सदस्य, साथिभाईमाझ बाढ्नुपर्ने बताउनुभयो । यसो गर्दा तनाव कम हुने र आत्महत्या गर्नुपर्ने वातावरण सिर्जना नहुन सक्छ ।