हेटौंडाः मनहरी गाउँपालिका वडा नम्बर ३, लालझाडीका भैरव बहादुर राणालाई आज सहयोग प्राप्त भएको छ । भैरव बहादुर राणा शारीरिक रुपमा दृष्टिविहीन हुनुहुन्छ ।
अनेरास्ववियु केन्द्रिय सदस्य सन्तोष पौडेल, नेकपा हेटौंडा उपमहानगर कमिटी सदस्य विशालराज महत र पोखरा निवासी युवा व्यबसायी सुदन बास्तोला लगायतको समूहले आज भैरव बहादुरकै घर पुगी खाद्यान्न सामग्री सहयोग गरेको हो । चामल एक बोरा, नुन, तेल, मसला, बेसार लगायतको खाद्यान्न सहयोग गरिएको हेटौंडा–५ नेकपा कमिटी सदस्य नितेश लामिछानेले बताउनुभयो ।