हेटौंडाः आज हेटौंडाका १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा ७ महिला र ७ पुरुष रहेका छन् ।
हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईका अनुसार आइतबार सङ्कलित ५७ जनाको स्वाब नमूना मध्ये १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । आज सङ्क्रमण पुष्टि हुनेमा हेटौंडा–४ का ४ महिला र २ पुरुष, हेटौंडा–५ का एक महिला, हेटौंडा–८ का १ पुरुष, हेटौंडा–१० का २ पुरुष र हेटौंडा–११ का २ महिला र २ पुरुष रहेका छन् ।