हेटौंडाः हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डमा आज स्वाब सङ्कलनको कार्य रोकिएको छ । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापना गरिएको कोरोना प्रयोगशाला आजका लागि बन्द भएका कारण स्वाब सङ्कलनको कार्य बन्द गरिएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।
हेटौंडास्थित आइसोेलेसन वार्डले दैनिक रुपमा कोरोना सङ्क्रमितको सम्पर्कमा आएका व्यक्ति र कोरोनाको लक्षण देखिएका व्यक्तिको स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाउने कार्य गरिरहेको छ ।