चित्लाङ एफसी टिम ।

हेटौँडा : मकवानुपरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइन खेल भइरहेको छ। बागमती–४, स्थित सहिद स्मृति रङ्गशालामा जारी खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लबले २–० गोलको अग्रता लिएको छ।

खेलको पहिलो हाफ सकिँदा सर्लाहीको बागमती युथ क्लब विरुद्ध चित्लाङ फुटबल क्लबका एरोन थापा र सुलेमानले गोल गर्दै टिमलाई अग्रता दिलाएको छ। एरोनले खेलको दोस्रो र सुलेमानले खेलको १६ मिनेटमा गोल गरेका छन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँको व्यवस्था गरिएको छ ।