हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकपमा फ्रेन्डस क्लब ललितपुर र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौंबीच प्रतिस्पर्धा हुँदैछ । सहिद स्मृति रंगशालामा हुने खेलमा आजको विजेता टोलीले सेमिफाइनलमा बागमती युथसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि हिजो आइतबार सर्लाहीको बागमती युथ क्लबले साविक विजेता चर्च ब्वाइजलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको थियो । सेमिफाइनल खेल बुधबार र बिहिबार हुनेछ भने फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।