हेटौँडा : इंग्लिस प्रिमियर लिगमा आज ४ खेल हुँदैछन् । नेपाली समयअनुसार आज शनिबार राती १० बजेर १५ मिनेटमा शीर्षस्थानको आर्सनलले फुलहमको सामना गर्नेछ । त्यसअघि साँझ ७ बजेर ४५ मिनेटमा एकसाथ ३ खेल हुँदैछन् ।
ब्रेनफ्रोर्डले वेस्ट ह्याम युनाइटेडसँग खेल्दा उल्भ्सले सन्डरल्याण्डको सामना गर्नेछ । यस्तै न्यू क्यासल युनाइटेडले ब्राइटनसँग खेल्नेछ । यसअघि गए राती भएको खेलमा लिड्स युनाइटेडले बर्नलेलाई ३–१ गोलअन्तरले पराजित गरेको छ । जारी लिगमा ३४ खेल खेलेको आर्सनल ७३ अंकसहित शीर्षस्थानमा रहँदा ३३ खेल खेल्दै ७० अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ ।











