हेटौँडा : मेलम्ची–जिरो किलो सडकखण्डस्थित सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१३ सिम्लेमा ट्रिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजेर ३० मिनेटको समयमा सिपाघाटबाट मेलम्चीतर्फ जाँदै गरेको बा प्र ०१–००४ क ६५०६ नम्बरको ट्रिपर र विपरित दिशाबाट जाँदै गरेको बा ३८ प २०१६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार इन्द्रावती गाउँपालिका–१२ का ४० वर्षीय कुमार दनुवार गम्भीर घाइते भएका थिए । उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचारको क्रममा राती ९ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । ट्रिपर चालक नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ का २६ वर्षीय ज्ञानबहादुर पुतवार र मोटरसाइकल चालक मेलम्ची नगरपालिका–११ का ३३ वर्षीय मानबहादुर दनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।