हेटौंडाः नेपालमा आज १७ जनाको भेन्टिलेटर राखेर उपचार भइरहेको छ । आज प्रदेश नम्बर १ मा १ जना, बागमती प्रदेशमा १३ जना र प्रदेश नम्बर ५ मा ३ जना गरेर १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिनुभयो । यस्तै आज देशभर १४१ जनाको आइसियूमा उपचार भइरहेको उहाँले बताउनुभयो ।