हेटौंडाः देशका ६ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण शु्न्य रहेको छ । आज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु, डोल्पा र हुम्ला जिल्लामा शुन्य सङ्क्रमण रहेको बताउनुभयो ।
त्यस्तै आजसम्म १२ जिल्लामा ५ सयभन्दा बढी कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । ५ सय बढी सङ्क्रमितको उपचार भइरहेको जिल्लाहरुमा मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा महात्तरी, रौतहट, सर्लाही, काठमाडौं चितवन, ललितपुर र रुपन्देही रहेको छ ।