हेटौंडाः बागमती प्रदेशमा २ हजार भन्दा बढी कोरोना सङ्क्रमित घरकै आइसोलेसनमा बसेका छन् । आजसम्म बागमती प्रदेशमा घरको आइसोलेसनमा बस्नेको संख्या २ हजार ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताउनुभयो । यसैगरी देशभर ७ हजार ७ सय ४२ जना होम आइसोलेसन अर्थात घरको आइसोलसनमा बसेका छन् ।