अन्तरक्रियामा सहभागी अभिभावक ।

हेटौँडा : हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयले अभिभावकहरुसँग अन्तरक्रिया गरेको छ । मंगलबार विद्यालयमा कक्षा १–५ (अङ्ग्रेजी माध्यम) का अभिभावकसँग अन्तरक्रिया गरेको हो ।

शैक्षिक सत्र २०८३ को अभिलेखीकरण तथा पठनपाठनबारे छलफल भएको छ । कार्यक्रममा बोल्नुहुँदै विद्यालयका प्रधानाध्यापक प्रबोध बिडारीले आर्थिक अभावका कारण कापी, कलम किन्न नसक्ने विद्यार्थीका लागि विद्यालयले नै कपी, कलमको व्यवस्था गरिदिने बताउनुभयो । साथै, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि आफूले यस वर्ष १० जोर ड्रेस किनिदिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । विद्यालयले बैशाख २ गतेदेखि २१ गतेसम्म कार्यतालिका तयार गरेर नयाँ शैक्षिक सत्रसम्बन्धी विभिन्न कार्यक्रम गर्दैछ ।