हेटौंडाः व्यवसायीलाई नै कोरोना सङ्क्रमण पुष्टि भएपछि दुई साता सिल गरिएको हेटौंडाको थोक तरकारी बजार मङ्गलबारबाट खुलेको छ । तरकारी बजार व्यवसायी ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये एकजना ७१ वर्षीय वृद्धको मृत्यु नै भएको थियो ।
साउन ३२ गतेदेखि सिल गरिएको हेटौंडाको थोक तरकारी बजार कमाण्ड पोष्टको निर्णयपछि हिजो भदौ १६ गते मंगलबारबाट सुचारु भएको व्यवसायी गोविन्द दाहालले जानकारी दिनुभएको छ । सङ्क्रमित मध्ये एकजनाको मृत्यु भएको र अन्य ४ जना पनि सङ्क्रमणमुक्त हुनुका साथै दुईसाता बजार सिल गरेपछि कमाण्ड पोष्टले भदौ १४ गते निर्णय गरेर भदौ १६ गतेदेखि बजार खोल्ने निर्णय गरेको हो ।
बजार खुलेको दिईदिन भए पनि बजारमा किसानले पर्याप्त तरकारी ल्याएका छैनन् । खुद्रा व्यवसायीको उपस्थिति पनि न्यून रहेको व्यवसायी दाहालको भनाइ छ ।