सांकेतिक तस्वीर ।

हेटौँडा : खोलामा डुबेर बकैयाका लाक्पा भोलनको मृत्यु भएको छ । खोलामा डुबेर बकैया–९, च्याउच्याउका ३५ वर्षीय भोलनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सोमबार दिउँसो स्थानीय बकैया खोलामा पौडी खेल्ने क्रममा डुबेर भोलनको मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।