कोशी प्रदेशविरुद्ध बलिङ गर्दै बागमती प्रदेशका बलर रिजन ढकाल ।

हेटौँडाः पुरूष एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बागमती प्रदेश कोशी प्रदेश विरूद्ध बलिङ गरिरहेको छ । जानकपुरको रामजानकी क्रिकेट मैदानमा मंगलबार बिहान लुम्बिनीले टस जितेर व्याटिङ रोजेको हो ।

जारी प्रतियोगितामा बागमती प्रदेशले समूह चरणो आफ्नो अन्तिम खेल खेलिरहेको छ । हालसम्म ८ वटा खेल खेलेको बागमती प्रदेश ४ वटामा जित निकाल्न सकेको छ भने ४ वटा खेलमा हार व्यहोरेको छ । यसैगरी जारी प्रतियोगितामा हालसम्म ३ वटा खेलमा जित र ३ वटा हार व्यहोरेका लुम्बिनी प्रदेश एउटा खेलमा अंक बाँडेको छ । यस्तै, मंगलबार नै कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच पनि खेल भइरहेको छ । वीरगंजको नारायणी रंगशालामा भइरहेको खेलमा गण्डकी प्रदेशले टस जितेर बलिङ रोजेको छ ।