हेटौँडा : नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसको अवसरमा सोमबार बिहान बागमती प्रदेशको राजधानी हेटौँडामा प्रभातफेरीको आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको आयोजनामा प्रभातफेरी भएको हो ।
हेटौँडा बजारको सीमाचोकबाट सुरु भएको प्रभातफेरी बुद्धचोक, उद्योग वाणिज्य संघ चोकमा पुगेर पुनः सीमाचोकमा आएर सभामा परिणत भएको थियो । प्रभातफेरीपछि नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर र जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले सभालाई सम्बोधन गर्नुभएको थियो । उहाँहरुले प्रेस स्वतन्त्रताको सुनिश्चितताको पक्षमा बोल्नु हुँदै सञ्चारकर्मी जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो । पत्रकार महासंघ सञ्चारकर्मीको हकहितका लागि पैरवी गर्ने संस्थाको रुपमा स्थापना गरिएको संस्था हो । २०१२ साल चैत १६ गते स्थापना नेपाल पत्रकार महासंघको स्थापना भएको हो ।











