हेटौँडा : काठमाडौंमा जारी प्रधानमन्त्री कप बागमती प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा मकवानपुर पराजित भएको छ । सोमबार भएको लिग चरणको अन्तिम खेलमा मकवानपुर ललितपुरसँग ९२ रनले पराजित भएको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा टस जितेर व्याटिङ गरेका ललितपुरले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ३७ रन बनाएको थियो । ललितपुरका लागि विवेक राना मगरले शतकीय पारी खेले । ७१ बल्लमा शतक पूरा गरेका विवेकले ९० बल्लमा नटआउट १५९ बनाएका थिए । विवेकसँग राम्रो साझदारी गरेका अर्का व्याटर सचिन लेखक ७१ रनमा आउट भए । विवेक र सचिनले चौथो विकेटका लािग १७९ रनको साझगारी गरे । ललितपुरका लागि रोनिम तिवारी ५३ रन आदिल खानले २३ रनका योगदान गरे । ललितपुर सूर्य तामाङले ३ विकेट लिए । ललितपुरका क्याप्टेन बिपिन आचार्य, तिलक राजभण्डारी र विवेक राना मगरले समान २ विकेट लिए ।
३ सय ३८ रनको विशाल लक्ष्य पछ्याउन मैदान प्रवेश गरेका मकवानपुर २ सय ४५ रनमै समेटियो । मकवानपुरले ३९ ओभर २ बलमा २ सय ४५ रनमा अलआउट हुन पुग्यो । मकवानपुरका लागि ओपनर शुभ कंसाकारले सर्वाधिक ८६ रन र अर्का ओपनर गोकुल अधिकारीले २० रन बनाए । तक्षक सिम्खडाले ३५ रन, विशाल फुयालले २६ रन र युविन बुढाथोकीले २५ रनको योगदान गरे । मकवानपुरका शुभ कंसकार, रिजन ढकाल र टक्षक सिम्खडाले समान १ विकेट लिए । लिग चरणको ६ खेलमध्ये २ मा जित र ४ खेलमा हार व्यहोरेको मकवानपुर अंक तालिकाको पाँचौं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
व्याटिङ र बल्लिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेका ललितपुरका विवेक राना मगर म्यान अफ द म्याच घोषित भएका छन् । ललितपुरले यो खेल जितेसँगै फाइनलमा प्रवेश गरेको छ । ललितपुर अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनलमा फाइनलमा प्रवेश गरेको हो ।











