हेटौँडाः पुरुष एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बागमती प्रदेशस्तरीय छनोट प्रतियोगितामा मकवानपुरले नुवाकोटसामु विशाल लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा मकवानपुरले नुवाकोटलाई ३ सय ६७ रन लक्ष्य दिएको छ ।
सुरुमा टस जितेर व्याटिङ रोजेको मकवानपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ६६ रन बनाएको हो । मकवानपुरका सुभ कंसकारले सर्वाधिक १२२ रन बनाए । क्याप्टेन सुमन सुनारले ११० रन, सक्षम बस्ताकोटीले ४६ रन र युविन बुढाथोकीले ३१ रनको योगदान गरे । नुवाकोटका इसान पलि र विधान खतिवडाले समान २÷२ विकेट लिएका थिए । लगातार दुई खेलमा हार व्यवहोरेका यी दुवै टोली आज पहिलो जितको खोजीमा छन् ।











